Like us!
Follow us!
Connect us!
Watch us!

छुट्यो कि पछुतायो ! महिला लघुवित्तको आइपिओ भर्ने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, ०९ : २० मा प्रकाशित

छुट्यो कि पछुतायो ! महिला लघुवित्तको आइपिओ भर्ने आज अन्तिम मौका

महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ भर्नु भयो ? नभरेको भए आजै कार्यलयको समयभित्र आवेदन दिनुहोस् । किनकी संस्थाले निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज (फागुन ५ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । यसअघि हिजाे फागुन ४ गते, मंगलबारसम्म आवेदन दिन पाइने भनिएकाेमा माघ ३० गते, शुक्रबार सार्वजनिक बिदा परेकाे हुनाले एक दिन समय थप गरिएकाे हाे । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

मंगलबार बेलुका ५ बजेसम्ममा १४ लाख ४४ हजार ५ सय ८८ जना आवेदकले २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ८२ हजार ७ सय २० कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणको लागि माग गरिएकाे  ३ लाख ७५ हजार कित्ता भन्दा ५९.९५ गुणा धेरै आवेदन हाे ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागी लगानीकर्ताहरुलेआवेदन दिन सक्नेछन् । 

आईपीओको लगानीकर्तालाई ३००% सम्म बोनस सेयर दिन सक्ने अबस्थामा छौंः कृष्णप्रसाद न्यौपाने

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । आज सम्ममा माग भन्दा धेरै आवेदन परिसकेकाले आवेदकलले न्यूनतम १० कित्ताका लागि मात्र आवेदन दिनु उपर्युत्त देखिन्छ । 

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

602c9857c1c93.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको