Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार निफ्रासहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १५ : ३९ मा प्रकाशित

बुधबार निफ्रासहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११.४५ अंकमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १.४७अंकले बढेर ४७५ अंकमा पुगेको छ ।

कुल २ सय ३ वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३  करोड ५५ लाख १०  हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

सेयर बजार बढ्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)का लगानीकर्ताहरुले सबैभन्दा बढी नाफा आर्जन गरेका छन् । 

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, सनराइज बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड शिव श्री हाइड्रोपावर लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । 

602ce8715c647.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको