Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बढ्दा पनि यी कम्पनीका लगानीकर्ता हिस्स

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, १६ : १६ मा प्रकाशित

सेयर बजार बढ्दा पनि यी कम्पनीका लगानीकर्ता हिस्स

आज (बुधबार) पनि सेयर बजारले उकालो यात्रा तय छ । आज सेयर बजार सामान्य अंकले बढेको हो ।
आज नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११.४५ अंकमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि  १.४७अंकले बढेर ४७५ अंकमा पुगेको छ ।

कुल २ सय ३ वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३  करोड ५५ लाख १०  हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

बुधबार  सनराइज फस्ट म्युचुअल फण्ड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र गुडवील फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी घाटा बेहोरेका छन् ।

602cf0aa975d1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको