Like us!
Follow us!
Connect us!
Watch us!

यी १३ कम्पनीको वार्षिक सभा हुँदै, कुनको एजेण्डा के ?

अर्थ संसार

विहीबार, ०६ फागुन २०७७, १४ : ५८ मा प्रकाशित

यी १३ कम्पनीको वार्षिक सभा हुँदै, कुनको एजेण्डा के ?

विभिन्न १३ वटा कम्पनीहरूले वार्षिक साधारण सभा आह्वान गरेका छन् । जसमध्ये १२ वटा कम्पनीको फागुनमा र एक कम्पनीको चैतमा हुँदैछ । कम्पनीहरुको उक्त सभाले विभिन्न प्रस्तावहरुमाथि छलफल गरी पारित गर्नेछ ।

१. सिभिल बैंक लिमिटेड

सिभिल बैंक लिमिटेडकाे माघ १५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे दशाैँ वार्षिक साधारण सभा फागुन ९ गते, आइतबार, बैंककाे केन्द्रिय कार्यालय, सुन्धारा, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा  बैंककाे पुस २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ नगद (कर प्रयाेजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ २३ गते एक दिन बुकक्लोज गरेको थियाे । त्यसैले, माघ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे माघ २० गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा फागुन १३ गते, बिहीबार,  डार्सिज इन्टरनेशनल हाेटल, बुटवल, रूपन्देहीमा अपरान्ह ३ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे माघ ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ ३० गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. तारागाउँ रिजेन्सी होटेल लिमिटेड

तारागाउँ रिजेन्सी होटेल लिमिटेडकाे पुस २३ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २४औं वार्षिक साधारण सभा फागुन १४ गते , शुक्रबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, बौद्ध, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश (५ प्रतिशत करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. विजय लघुवित्त वित्तीय संस्था लिमिटेड

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे माघ २७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे विशेष साधारण सभा फागुन १५ गते, शनिबार नवलपरासीको गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ । संस्थाले विशेष साधारणसभा प्रयोजनका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

५. राधी विद्युत कम्पनी लिमिटेड

राधी विद्युत कम्पनी लिमिटेडकाे माघ २६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा फागुन १९ गते, बुधबार हुनेछ । कम्पनीले लाभांशकाे प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका सेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

६. फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे माघ २५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा फागुन २१ गते शुक्रबार बिहान ११ बजेबाट सुरु  हुँदैछ । सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशतले बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश पारित गर्दैछ । सधारण सभा तथा लाभांश प्रयोजनका लागि संस्थाले फागुन ५ गते बुक क्लोज गरेको छ। त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे माघ २६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे  वार्षिक साधारण सभा १५औं र १६औं वार्षिक साधारण सभा फागुन २१ गते शुक्रबार, मेरो प्लानेट, नेपालगञ्जमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६  को वार्षिक प्रतिवेदन,  आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, सञ्चालकहरूकाे पारिश्रमिक अनुमाेदन गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ । बैंकले साधारण सभा प्रयाेजनका लागि फागुन ५ गतेदेखि फागुन २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

८. नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे माघ १८ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँधाैँ वार्षिक साधारण सभा फागुन २२ गते, शनिबार हुनेछ । सभामा संस्थाकाे पाैष २४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. पाँचथर पावर कम्पनी लिमिटेड

पाँचथर पावर कम्पनी लिमिटेडकाे माघ २५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चौँथो र पाँचौ वार्षिक साधारण सभा फागुन २४ गते, साेमबार, होटल इम्पेरीयल, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/ ७६ र २०७६/ ७७ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

१०. लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडकाे माघ २० गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे अठाराैँ वार्षिक साधारण सभा फागुन २५ गते काठमाडौंमा हुनेछ । सभामा कम्पनीकाे मंसिर १० गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

११. निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २२औं वार्षिक साधारण सभा फागुन २५ गते, मंगलबार हुनेछ । सभामा संस्थाकाे पाैष २४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

१२. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे माघ १६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा फागुन २८ गते, शुक्रबार,  ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।सभामा संस्थाकाे पाैष २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

१३. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

 नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे फागुन ३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा चैत्र ५ गते, बिहीबार, क्रिक रिसोर्ट, धादिङमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे पाैष १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको