Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको साधारण सभाको मिती तय, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १० : २७ मा प्रकाशित

सिभिल लघुवित्तको साधारण सभाको मिती तय, बुकक्लोज कहिले ?

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ९ औँ वार्षिक साधारणसभाको मिती तय गरेको छ ।

संस्थाको हिजो फाल्गुन ६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ५ गते वार्षिक साधारणसभा गर्ने तय गरेको हो। संस्थाको सभा बिहान ११ बजेबाट काठमाण्डौको त्रिपुरेश्वरस्थित वोगनभिल्ला इभेन्ट्समा हुनेछ।

सभाले गत आर्थिक वर्षका मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नेछ। लाभांशमा ३.५ प्रतिशत बोनस सेयर र ०.१८ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेको छ। 

संस्थाले सभा र लाभांश प्रयोजनका लागि फागुन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ फागुन १९ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको