गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आज आइतबार, साउन ४ गतेपछि समाप्त हुने भएको छ।
कम्पनीको शेयर रजिष्ट्रार हिमालयन इन्भेस्टमेन्ट बैंकरले आइतबार सूचना प्रकाशित गर्दै सामूहिक लगानी कोषलाई छुट्याइएको शेयरको लकइन अवधि सकिन लागेको जानकारी दिएको हो।
गार्डियन माइक्रो लाइफले ७५ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (आईपीओ) मार्फत बिक्री खुला गरेको थियो। यसमध्ये नियमनअनुसार ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो।
नेपाल धितोपत्र बोर्डको नियमअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएका सेयर ६ महिनासम्म बिक्री गर्न नमिल्ने ‘लकइन’ अवधि तोकिएको हुन्छ। यही प्रावधानअनुसार उक्त सेयरहरूको लकइन अवधि आइतबारबाट समाप्त हुने भएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस