Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त पीडित संघर्ष समितिलाई अर्थ मन्त्रालयले वार्तामा बोलायो

अर्थ संसार

बुधबार, ३० फागुन २०८०, २० : ०४ मा प्रकाशित

लघुवित्त पीडित संघर्ष समितिलाई अर्थ मन्त्रालयले वार्तामा बोलायो

लघुवित्त पीडित संघर्ष समितिलाई अर्थ मन्त्रालयले वार्तामा बोलाएको छ ।

लामो समयदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका लघुवित्त पीडितलाई आउँदो शुक्रबार दिउँसो २ बजे वार्तामा बोलाएको हो । अर्थ मन्त्रालयको कमान सम्हालेपछि अर्थमन्त्री वर्षमान पुनले लघुवित्त पीडितलाई वार्ताका लागि डाकेका हुन् । वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले वार्ता गर्ने भएको हो ।

मन्त्री पुनको निर्देशनमा समितिले लघुवित्त पीडितहरुसँग वार्ता गर्न लागेको हो । लघुवित्त सञ्चालकहरुलाई मन्त्रालयले कर्जा असुली नगर्न यसअघि नै निर्देशन दिइसकेको छ । फागुन १४ गते लघुवित्त पीडितहरु संसद परिसरमै प्रवेश गरेर प्रदर्शन गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको