Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त पीडित संघर्ष समितिसँग वार्ता हुँदै, आजै सहमति हुनसक्ने

अर्थ संसार

शुक्रबार, ०२ चैत्र २०८०, १० : ०९ मा प्रकाशित

लघुवित्त पीडित संघर्ष समितिसँग वार्ता हुँदै, आजै सहमति हुनसक्ने

अर्थ मन्त्रालय र लघुवित्त पीडित संघर्ष समितिसँग आज बिहान ११ बजे वार्ता हुँदैछ ।

लामो समयदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका लघुवित्त पीडितसँग हिजो बिहीबार पनि अबेरसम्म वार्ता भएको थियो । वार्ताबाट सहमतिको नजिक पुगेको सरकारी पक्षले जानकारी दिएको छ । अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयका अनुसार सङ्घर्ष समितिले उठाएका मागहरुका छलफल भएको छ भने सम्बोधन गर्न सकिने जायज मागबारे सहमतिमा पुग्न लागिएको छ ।

अर्थ मन्त्रालयको कमान सम्हालेपछि अर्थमन्त्री वर्षमान पुनले लघुवित्त पीडितलाई वार्ताका लागि डाकेका थिए । वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले वार्ता गरिरहेको छ । मन्त्रालयले लघुवित्त सञ्चालकहरुलाई वार्ता चलिरहेको हुँदा जबर्जस्ती कर्जा असुलीमा नउत्रिन यसअघि नै निर्देशन दिइसकेको छ । 

लघुवित्त संस्थाहरुले तोकिएको भन्दा बढी ब्याज र सेवा शूल्क लिन नपाउने व्यवस्था कडाईका साथ लागू गरिएको राष्ट्र बैंकको भनाई छ । यसैगरी पीडितको कर्जा पुनर्संरचना, पुनर्तालिकीकरणलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । लामो समय देखि आन्दोलित लघुवित्त पीडितहरुले फागुन १४ गते  संसद परिसरमै प्रवेश गरेर प्रदर्शन गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको