Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकबाट चितवनको ट्राफिक जरिवाना भुक्तानी सेवा सुरु

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १६ : २५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकबाट चितवनको ट्राफिक जरिवाना भुक्तानी सेवा सुरु

ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिवानाबापत बुझाउनुपर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ । 

ग्लोबल आइएमई बैंक लिमिटेड र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारी अनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिवाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ । 

चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायवमहानिरीक्षक बसन्तकुमार लामाले उक्त सेवाको शुभारम्भ गर्नुभएको छ । ग्राहकवर्गको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले समयसमयमायस किसिमकायोजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वितगर्दै आएको छ । 

बैंकका नारायणगढ शाखाका प्रबन्धक नारायण प्रसाद पौडेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बैंकले आमजनमानसमा सरल सेवा प्रदान गर्ने कुरा व्यक्त गरेका छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको