Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा मेलम्चीको पानी छिट्टै आउने !

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १० : २९ मा प्रकाशित

काठमाडौं उपत्यकामा मेलम्चीको पानी छिट्टै आउने !

काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी छिटै पाउने भएका छन् ।  बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष खानेपानीमन्त्री मणिचन्द्र थापा सहित मन्त्रालयका उच्च पदाधिकारीहरुद्वारा प्रस्तुत मेलम्ची खानेपानीआयोजना सम्बन्धी अद्यावधिक प्रगति विवरणमा यो कुरा उल्लेख छ ।

सुरुङमार्गमा उत्पन्न समस्यानिराकरण गर्दै तयारी हालतमा राख्ने र काठमाडौं उपत्यकाको वितरण प्रणालीलाई समेत मेलम्चीको पानीका लागि दुरुस्त बनाउने काम भइरहेको छ । यस कार्यले पूर्णतापाउना साथ काठमाडौं उपत्यकामा मेलम्चीको पानीको प्रारम्भिक वितरण सुरु हुनेछ । 
पानी सुरुमानयाँ र पुराना दुवै लाइनबाट वितरण गरिने छ । यसका लागि नयाँ तथा पुराना ट्यांकीहरुबाट पुरानो र नयाँ दुवै प्रणालीमा पानी प्रवाह गर्न सकिने गरी तयारी गरिएको छ । 
मेलम्चीको पानी पाइपहरुबाट पठाउँदा हुन सक्ने चुहावट र कुनै स्थानमा बढी मात्रामा पानी निस्कँदा हुने समस्या तत्कालै समाधान गर्नका लागि समेत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले तयारी गरिरहेको जानकारी पनि सो प्रस्तुतीकरणमा दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसै गरी काठमाडौंको ढल निकासलाई दीर्घकालीन ढंगले हल गर्न केयु केएलले सन् २०५० लक्षित गरी गुरु योजना तयार पारेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको