Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक र उपत्यका खानेपानीबीच सम्झौता, बिना झन्झट महशुल भुक्तानी गर्न सकिने

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, १५ : ५२ मा प्रकाशित

एनएमबि बैंक र उपत्यका खानेपानीबीच सम्झौता, बिना झन्झट महशुल भुक्तानी गर्न सकिने

एनएमबि बैंकले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी काठमाण्डौं उपत्यका खानेपानीको महशुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको छ ।  

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । 

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको