Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट १० लाख डोज खोप आज नेपाल ल्याइदै

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, ११ : ३२ मा प्रकाशित

भारतबाट १० लाख डोज खोप आज नेपाल ल्याइदै

भारतबाट १० लाख डोज कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप आज (आइतबार)काठमाडौं आइपुग्ने भएको छ ।  नेपालले भारतसँग २० लाख डोज खोप किनेको छ । सो मध्ये पहिलो खेपमा १० लाख डोज खोप आज दिउँसो काठमाडौं ल्याउन लागिएको हो ।

उक्त एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्ने छ । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको  थियो । उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डार गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिनेछ ।

 २० लाख डोज खोपमध्ये बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको