Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तकाे १३% बोनस सेयर समायोजन पछिको भाउ कति ?

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, ०६ : ४७ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तकाे १३% बोनस सेयर समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ ।

संस्थाकाे १३ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ४ सय ४० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य एक हजार ६ सय २७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

603453ac54eb1.jpg

संस्थाको २२ औं वार्षिक साधारण सभा फागुन २५ गते हुँदैछ । सभामा संस्थाकाे पाैष २४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको