स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाकाे हिजाे (फागुन १२ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा चैत्र ६ गते शुक्रबार, होटल नेमान लहान, सिराहामा बिहान १० बजेबाट सुरू हुनेछ ।
त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस