Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा अहिलेसम्म कतिले लगाए कोरोना विरुद्धको खोप ?

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १३ : ३० मा प्रकाशित

नेपालमा अहिलेसम्म कतिले लगाए कोरोना विरुद्धको खोप ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइसर (कोभिड १९) विरुद्धको खोप पहिलो चरणमा करीब चार लाख ३० हजार जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए ।

त्यस्तै, सरकारले पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप लगाएको थियो । मन्त्रालयले पहिलो प्राथमिकता परेका व्यक्तिलाई माघ १४ देखि २४ गतेसम्म पहिलो चरण र फागुन २ देखि १० गतेसम्म दोस्रो चरणको खोप लगाएको थियो ।

महानिर्देशक सिंहले पहिलो चरणमा एक लाख ८९ हजार ३४५ जनालाई खोप र दोस्रो चरणमा दुई लाख ४० हजार ३६० जनालाई खोप प्रदान गरिएको बताए । उनका अनुसार पहिलो अभियानको खोप ८५.६५ प्रतिशत उपलब्धि हासिल गरिएको छ । मन्त्रालयले पहिलो अभियानमा पाँच लाख सात हजार ६०६ जनालाई खोप लगाउने योजना बनाएको थियो ।

त्यसैगरी, नेपालको कूल जनसङ्ख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको महानिर्देशक सिंहले बतए । पहिलो चरणमा १८९ खोप केन्द्र र दोस्रो चरणमा २२२ खोप केन्द्रबाट खोप प्रदान गरिएको थियो ।

मन्त्रालयले यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्दैछ । खोप अभियान सञ्चालनका लागि भारतबाट १० लाख मात्रा खोप नेपाल आइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको