Like us!
Follow us!
Connect us!
Watch us!

घटेको सेयर बजारमा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से

विहीबार, १३ फागुन २०७७, १५ : ३६ मा प्रकाशित

घटेको सेयर बजारमा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

साताको अन्तिम दिन आज (बिहीबार) पनि शेयर बजारले ओरालो यात्रा तय गरेको छ । बिहीबार शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१३ मा पुगेको छ । नेप्से १.७३ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अंकले घटेर ४६१.८१ मा पुगेको छ ।

कूल २०६ वटा कम्पनीको एक करोड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४ सय १४ रुपैयाँको कारोबार भएको छ । 

नेप्सेका अनुसार बिहीबार कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर राताम्मै देखिएको छ । नेप्से परिसुचक भारी अंकले घट्दा सबैभन्दा बढि मुनाफा चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् । आज कम्पनीको सेयर मूल्य ९.९१ प्रतिशतले बृद्धि भएर ३७७ रुपैयाँ पुगेको छ । 

घटेको सेयर बजारमा आज  नेशनल हाइड्रो  पावर कम्पनी, सिटिजन म्युचुअल फण्ड, सानिमा लार्ज क्याप फण्ड, एभरेष्ट बैंक लिमिटेड संस्थापक सेयर, मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, ओरियन्टल होटल लिमिटेड, पञ्चकन्या माई हाइड्रो  पावर, नबिल ब्यालेन्स फण्ड दुई, एसविएल ऋणपत्र २०८२ का लगानीकर्ताले सबैभन्दा नाफा कमाएका छन् । 

60377812ad548.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको