जिवन बिमालाई सामान्य रुपमा जिवनको साथ पनि जिवनको बाद पनि भन्ने गरिन्छ । बिमाले मानिसलाई आफु ज्युदै हुँदापनी र आफ्नो मृत्यपछि साथ दिने मानिन्छ ।
मानिसले आफ्नो र व्यबसायको सुरक्षाका लागि अथवा आइपर्ने भवितब्य बाट सुरक्षित हुनका लागि बिमा गर्ने गर्दछन् ।
नेपालमा बिमालाइ नियमन गर्ने उद्देश्यले बिमा नियमावली,२०४९ लागु गरियको हो । नेपालको बिमा सम्बन्धी यो नियमावलीको परिच्छेद ६ मा बिमा भुत्तानी सम्बन्धि व्यबस्था गरिएको छ ।
यो कानुनमा बिमितले कसरि बिमा भुत्तानी पाउने बिमा भुत्तानीका लागि कस्ता कस्ता कागजपत्रहरु चाहिँने, र सबै प्रक्रियाहरु समेत पुरा गर्दा पनि कुनै बिमा कम्पनीले बिमितलाई रकम भुत्तानी नगरेमा बिमा समितीमा उजुरी दिन सक्ने सम्मको व्यबस्था यो कानुनमा छ ।
बिमा नियमावली,२०४९ को परिच्छेद–६ मा बिमा दाबी भुक्तानी सम्बन्धी निम्न अनुसारको व्यवस्था गरिएको छः
३१.जीवन बिमाको दाबी भुक्तानी प्रक्रियाः (१) बिमकले जीवन बिमाको शुल्को अन्तिम किस्ता भुक्तान गरि सकेका बिमितको नाममा किस्ता भुक्तान गरेको मितिले पन्ध्र दिनभित्र त्यस्तो जीवन बिमाको दाबी भुक्तानी गर्नको लागि चाहिने बिमा लेख आदि कागजातहरू समेत संलग्न राखी दाबी भुक्तानी गर्न आउनको निमित्त भुक्तानी पूर्जी (डिस्चार्ज भाउचर) जारी गर्नुपर्ने छ ।
(२) उपनियम (१) बमोजिम बिमितले जीवन बिमाको दाबी भुक्तानीको निमित्त बिमा लेख तथा अन्य कागजातहरू र भुक्तानी पूर्जी समेत बिमकसमक्ष पेश गरेमा बिमकले आवश्यक जाँचबुझ गरी जीवन बिमा लेखको अवधि भुक्तान भएको सात दिनभित्र निजलाई जीवन बिमाको दाबी भुक्तानी दिनुपर्ने छ ।
(३) कुनै जीवन बिमा लेखको अवधि समाप्त हुनु अगावै सो बिमा लेख लिने बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई इच्छाएको नभए ऐनको दफा ३८ को उपदफा (१) मा उल्लिखित व्यक्तिहरूमध्ये सबै भन्दा नजिकको हकवालाले त्यस्तो जीवन बिमाको रकम लिनको लागि देहायका विवरणहरू खुलाई दाबी भुक्तानीको निवेदन बिमकसमक्ष पेश गर्नुपर्ने छ ।
(क) दाबी सम्बन्धी विवरण ।
(ख) बिमितको मृत्यु प्रमाणपत्र ।
(ग) दुर्घटनाबाट बिमितको मृत्यु भएको र त्यस्तो जोखिम जीवन बिमामा समावेश भएको भए बिमितको मृत्युको कारण
सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शव परीक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन ।
(घ) बिमितसँगको नाता प्रमाणपत्र ।
(ङ) उमेर प्रमाणित नभएको अवस्थामा उमेर प्रमाणित गर्ने कागजातहरू ।
(च) समितिद्वारा तोकिदिएका अन्य विवरणहरू ।
(४) उपनियम (३) बमोजिमको निवेदन प्राप्त भएपछि बिमकले जीवन बिमा दाबीको सम्बन्धमा पेश भएका कागजात समेतका विवरणहरू छानवीन गरी आवश्यक भए अन्य कुराहरू समेत बुझी आफूसमक्ष त्यस्ता कागजातहरू प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनको निमित्त निवेदकको नाममा भुक्तानी पूर्जी (डिस्चार्ज भाउचर) जारी गर्नु पर्नेछ । यसरी जारी गरेको भुक्तानी पूर्जी निवेदकबाट प्राप्त भएको मितिले पन्ध्र दिनभित्र बिमकले बिमाको दाबी भुक्तानी गर्नुपर्ने छ ।
(५) उपनियम (४) बमोजिम बिमकले विवरणहरू छानवीन गर्दा दायित्व निर्धारण गरी बिमा दाबी भुक्तानी गर्नु नपर्ने देखेमा सो को कारण खोली त्यसको लिखित जानकारी निवेदकलाई दिनुपर्ने छ ।
३२. निर्जीवन बिमाको दाबी भुक्तानी प्रक्रियाः (१) निर्जीवन बिमा गर्ने बिमितले बिमा लेख बमोजिमको दाबी गर्नुपर्ने भएमा तत्सम्बन्धी सम्पूर्ण विवरणहरू खुलाई बिमकसमक्ष निवेदन दिनुपर्ने छ ।
(२) उपनियम (१) बमोजिम निर्जीवन बिमाको दाबी भुक्तानीको निमित्त बिमितको निवेदन प्राप्त भएमा बिमकले आवश्यक जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम खटिएको सर्भेयरले आवश्यक जाँचबुझ गरी पन्ध्र दिनभित्र बिमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बिमकसमक्ष पेश गर्नुपर्ने छ र त्यसबारे बिमा लेखको शर्त तथा सुविधाको अधीनमा रही बिमितले पाउन सक्ने रकम उल्लेख गरी बिमितलाई जानकारी दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सर्भेयरले बिमकसमक्ष प्रतिवेदन पेश गरेको साधारणतया पैंतीस दिनभित्र बिमकले दायित्व ठहर गरी बिमितिलाई निर्जीवन बिमाको दाबी भुक्तानी गर्नुपर्ने छ ।
३३. उजुरी गर्न सक्नेः (१) नियम ३१ र ३२ बमोजिम बिमकले दायित्व निर्धारण नगरेमा वा गरे पनि बिमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बिमितले त्यसको कारण समेत खोली समितिमा उजुरी गर्न सक्नेछ ।
(१क) उपनियम (१) बमोजिम समितिमा उजुरी पर्न आएमा समितिले सम्बन्धित बिमकलाई पन्ध्र दिनभित्र कारण खुलाई लिखित जवाफ पेश गर्न आदेश दिन सक्नेछ ।
(१ख) उपनियम (१क) बमोजिम लिखित जवाफ पेश हुन आएमा समितिले जाँचबुझ गरी आवश्यक भए बिमक वा बिमितसँग अन्य कुरा बुझ्न वा अन्य आवश्यक कागजात तथा विवरण पेश गर्न आदेश दिन सक्नेछ ।
(१ग) उपनियम (१क) वा (१ख) बमोजिम लिखित जवाफ वा आवश्यक कागजात वा विवरण पेश हुन नआएमा समितिले त्यस्तो उजुरी उपर एकतर्फी निर्णय गरी सोको जानकारी सम्बन्धित बिमकलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको उजुरी उपर समितिले जाँचबुझ गर्दा बिमकले दायित्व निर्धारण गर्नुपर्नेमा दायित्व निर्धारण नगरेको देखिएमा समितिले बिमकलाई दायित्व निर्धारण गर्न वा पुनः दायित्व निर्धारण गर्न आदेश दिन सक्नेछ ।
श्रोतःनेपाल कानुन आयोग
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस