Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सबैको लघुवित्तले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, ११ : २२ मा प्रकाशित

लाभांश पारित गर्न सबैको लघुवित्तले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले  चौथों वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको (हिजो) आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत १४ गते, शनिबार बन्दीपुरस्थित मस्र्याङ्दी रिभल भ्यु रिसोर्टमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षका लागि १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, सभामा संस्थाको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर पनि छलफल गरी पारित गरिनेछ ।

संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले फागुन २७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश गर्न सक्नेछन् । 
 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

603c7df303c87.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको