Like us!
Follow us!
Connect us!
Watch us!

७ वटा निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै ?

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १४ : १६ मा प्रकाशित

७ वटा निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै ?

हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ७ वटा निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६/७७ बाट कम्पनीका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ । नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरूमध्ये हालसम्म ७ वटा कम्पनीले मात्र लाभांश घाेषणा गरेका छन् भने बाँकी कम्पनीहरूले लाभांश घाेषणा गर्न बाँकी नै छ ।

७ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश दिनेमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेकाे छ भने सबैभन्दा कम दिनेमा हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ ।

हेर्नुस् कुनले कति दिँदै ?

१. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पुस २० गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९  प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले गत आर्थिक वर्षकाे असार मसान्तसम्म कायम चुक्ता पूँजीकाे ३६.१ प्रतिशत बाेनस र १.९ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । तर, यस आर्थिक वर्षमा इन्स्याेरेन्सले हकप्रद जारी गरी चुक्ता पूँजी बढाइसकेका कारण हकप्रद शेयरपश्चातकाे चुक्ता पूँजीका आधारमा लाभांश २९.२३१ प्रतिशत हुन आएकाे हाे । उक्त लाभांश चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा हुन लागेकाे साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

२. प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पुस २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

३. नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे माघ ८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

४. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कम्पनीकाे माघ २९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

५. प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे माघ २५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

६. हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे फागुन ३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३ प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि ३.७५ प्रतिशत नगद गरि कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

७. आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे फागुन ४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको