कुमारी क्यापिटल लिमिटेडले फागुन १४ गते, (शुक्रबार) देखि बिक्रि खुल्ला गरेको कुमारी इक्विटी फन्ड नामक सामुहिक लगानी कोषको आवेदनका लागि म्याद लम्बिएको छ ।
यो दशवर्षे बन्दमुखी योजना हो । कम्पनीले उक्त फण्डमा छिटोमा १८ गतेसम्मा आवेदन बन्द हुने भनिएकोमा आज १८ गते सम्ममा माग बमोजिमको आवेदन नपरेपछी आवेदनको मिती लम्बिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार अब यो फन्डमा ढिलोमा फागुन २८ गतेसम्म आवेदन दिन सकिन्छ। तर यदि मागभन्दा बढी आवेदन परेमा फागुन २८ गते भन्दा अघि नै निष्कासन बन्द गर्न सकिने छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन पाइनेछ
उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस