Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको कारोबार फुकुवा

अर्थ संसार

मंगलबार, १८ फागुन २०७७, ११ : २३ मा प्रकाशित

नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । बैंकले नेप्सेलाई  स्पष्टिकरण बुझाएकाे हुनाले नेप्सेले बैंककाे काराेबार फुकुवा गरेकाे हाे ।

बैंकले नेप्सेलाई सञ्चालक समितिको बैठक सकिनासाथ तुरुन्त जानकारी उपलब्ध गराउने मनासायका साथ सूचना पठाइएकाे भन्दै अब त्यस्ता प्रकारकाे कमी कमजोरी नगर्ने भनी स्पष्टिकरण पठाएकाे छ ।

नेप्सेले यसअघि बैंकले लाभांश घाेषणा गरेकाे सूचना काराेबार समयमा नै नेप्सेमा पठाएकाे भन्दै धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे विनियम २२(१)(घ) मा भएकाे व्यवस्था बमाेजिम धिताेपत्र मूल्यमा प्रभाव पार्ने, सूचना, जानकारी तथा निर्णय सिर्जना भएकाे साेही दिन अथवा भाेलिपल्ट काराेबार खुल्नु अघि बुझाउनु पर्नेमा बैंकले उक्त व्यवस्था पालना नगरेकाे भनी काराेबार राेक्का गरेकाे थियाे । नेप्सेले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे थियाे ।

बैंककाे फागुन १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको भन्दै सूचना पठाएकाे थियाे । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603dcfd4b7ab8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको