Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफको मालामाल हुने आईपीओ ! शुक्रबारबाट निश्कासन हुँदै, कति दिने आवेदन ?

अर्थ संसार

विहीबार, २० फागुन २०७७, १५ : ३१ मा प्रकाशित

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते अर्थात शुक्रबारदेखि साधारण सेयर  (आईपीओ)   निश्कासन  तथा बिक्री खुल्ला हुँदैछ । 
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ  निश्कासन  तथा बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्टाइएको छ । 

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा छिटोमा फागुन २६ गते र ढिलोमा चैत्र ६  गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । माग भन्दा धेरै आवेदन पर्ने भएकोले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ मात्र लगानी गर्दा हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको