Like us!
Follow us!
Connect us!
Watch us!

उपसचिवको सेयरबजार यात्राः भन्छन् जागिरबाट भन्दा धेरै सेयरबाट कमाएँ

लगानीकर्ताको आवाज

विहीबार, २० फागुन २०७७, १५ : ४० मा प्रकाशित

करिब २० बर्षअघि सरकारी सेवामा प्रबेश गरेका संजय दाहाल संघीय संसद सचिवालयमा उपसचिव छन् । आजभन्दा करिब १५ वर्षअघि आइपिओमा लगानी गर्दै सेयर बजारमा प्रबेश गरेका उनी २० बर्षे सरकारी जागिरको आम्दानीबाट भन्दा सेयर बजारको कमाइबाट सन्तुस्ट भएको बताउँछन् ।

उनी सेयर बजारको लगानीलाई अनुत्पादक क्षेत्रको लगानी भन्नेहरुले नबुझेर त्यसो भनेको बताउँछन् । सेयरमा गरेको लगानीलाई व्यवसायिक लगानीका रुपमा बुझि लगानी गर्नुपर्ने उनको तर्क छ । सेयर बजारको लगानी ब्यापार हो, यसको मूनाफा पनि अपार हुने उनको दावी छ ।

कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्षहरुको राम्रो अध्यन गरी सेयरमा लगानी गर्न सके सेयरमा गरिएका लगानीमा नोक्सानी व्यहोर्न नपर्ने आफ्नो अनुभन रहेको उनी बताउँछन् । अहिलेको सेयर बजारको करेक्सन निरन्तर बढेको बजारमा लगानीकर्ताहरुले आफ्नो मुनाफा बुक गर्दा मात्र भएकाले यो अवस्था लामो समयसम्म नचल्ने उनको तर्क छ ।

विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीहरुलाई पनि कालो धनको पछि लाग्नुभन्दा बरु राम्रोसँग कम्पनीका बारेमा अध्यन गरी सेयर बजारमा लगानी गर्न सुझाउँँछन् दाहाल । सेयर बजारमा कारोबार गर्दा समयको राम्रो व्यबस्थापन गर्न सकेमा त्यसले आफूले दिन सेवालाई कुनै प्रभावित नपार्ने बताउँछन् दाहाल ।

सेयर बजारको समग्र अवस्था र बजारको ब्यक्तिगत अनुभवबारे सफल लगानीकर्ता एबम् नेपाल सरकारका उपसचिव संजय दाहालसँग लगानीकर्ताको आवाजका लागि अर्थसंसारकर्मी कृष्ण भट्टराईले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको