Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद लिलामीमा ल्याउँदै

अर्थ संसार

शनिबार, २२ फागुन २०७७, ०९ : ४७ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद लिलामीमा ल्याउँदै

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्न भएको छ । बैंकले यसअघि आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि फागुन ३ गते सोमबारसम्म १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

जसअन्तर्गत संस्थापक समूहतर्फको १५ हजार ९ सय ७४ कित्ता र सर्वसाधारण समूहतर्फको कित्ता (२:१ को अनुपातमा निष्काशन गर्दा बाँकी रहेको ११६ कित्ता सेयर समेत) सेयरहरूमा आवेदन नपरेकोले उक्त सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

लगानीकर्ताहरुले उक्त सेयरमा चैत ३ गतेदेखि चैत १० गतेसम्म न्यूनतम एक सय कित्तादेखी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ । त्यसैले बोलपत्र पेश गर्दा लगानीकर्ताले सो भन्दा बढी मूल्य राखेर पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडाैँ, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
 

बैंकले  प्रकाशन गरेको सूचना हेर्नुहोस्  :

6043008a5a81d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको