Like us!
Follow us!
Connect us!
Watch us!

निफ्रा तेस्रो वर्षमा प्रवेश, गर्यो यस्तो प्रतिवद्धता

अर्थ संसार

शनिबार, २२ फागुन २०७७, १९ : ०४ मा प्रकाशित

निफ्रा तेस्रो वर्षमा प्रवेश, गर्यो यस्तो प्रतिवद्धता

निफ्रा तेस्रो वर्षमा प्रवेश, गर्यो यस्तो प्रतिवद्धता

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड सेवा शुभारम्भकाे दाेश्राे वर्ष पूरा गरी तेश्राे वर्षमा प्रवेश गरेकाे छ ।

मुलुकको पूर्वाधार विकासलाई थप गति प्रदान गर्ने मुख्य उद्देश्य लिई राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना भएको थियाे । बैंकले २०७५ साल माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने ईजाजतपत्र प्राप्त गरी २०७५ फाल्गुन २२ गतेबाट विधिवत् रुपमा वित्तीय कारोबार शुरु गरेको थियाे । 

तेश्राे वर्षमा प्रवेश गरेकाे अवसरमा बैंकले बैंकलाई निरन्तर विश्वास गर्ने शेयरधनीहरू, कुशल मार्ग निर्देशन प्रदान गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धिताेपत्र बाेर्ड, बीमा समिति लगायत सम्पूर्ण नियमनकारी निकायहरू, ग्राहकहरू, सञ्चारकर्मी एवं शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गरेकाे छ ।

यसका साथै, बैंकले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै बैंककाे उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट याेगदान गर्ने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60438f4422879.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको