Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको ऋणपत्र चैत १ गतेदेखि बजारमा आउँदै, ब्याजदर कति ?

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, ०७ : ३१ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ऋणपत्र चैत १ गतेदेखि बजारमा आउँदै, ब्याजदर कति ?

ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेबाट एक अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको  छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्रमध्ये बैंकले (५% सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि निष्काशन गरिनेछ साथै, १८ लाख लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ८० अर्ब रुपैयाँ ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्नेछ    ।

बैंकले ८ वर्ष अवधिको लागि‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले यस ऋणपत्रमा चैत २ गतेदेखि छिटोमा चैत ४ गतेसम्म र ढिलोमा चैत १६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड,  ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्र बारे अन्य जानकारीको लागि तलको विवरणपत्र हेर्नुहोस्:-

6044313c27d8d.JPG 60443140569a7.JPG 60443143a0981.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको