Like us!
Follow us!
Connect us!
Watch us!

ओपोले “मल्टिपल स्टार्स”का साथमा नयाँ फ्ल्यागशिप सार्वजनिक गर्ने सम्भावना

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १६ : ५० मा प्रकाशित

ओपोले “मल्टिपल स्टार्स”का साथमा नयाँ फ्ल्यागशिप सार्वजनिक गर्ने सम्भावना

ओपोले एफ-सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको आफ्नो नयाँ फ्ल्यागशिप फोनका बारेमा सांकेतिक जानकारी दिन थालेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल प्ल्याटफर्म मार्फत सुुरुवाती रुपमा “गेस दि ओपो स्टार” क्याम्पेनको थालनी गरेको छ । टिजरहरु नियाल्दा आफ्नो नयाँ फ्ल्यागशिप मोडलका लागि कम्पनीले मल्टिपल स्टार्सका साथमा भब्य ईभेन्ट वा क्याम्पेनको तयारी गरिरहेको अनुमान लगाउन सकिन्छ ।

नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक एफ-सिरिजका स्मार्टफोन ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा स्थापित छ । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रो मार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ१९प्रो ले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

एफ-सिरिजलाई नयाँ उचाई प्रदान गर्ने लक्ष्य:

ओपो एफ१९प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन । तथापी, यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

हाल सम्म कम्पनीले ओपो एफ१९प्रो का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेस गरिने अनुमान हामी सहजै गर्न सक्छौँ । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ । तसर्थ, यदी नयाँ फोनको खोजीमा हुनुहुन्छ भने फोनका बारे थप जानकारीका लागि आपो नेपालको सामाजिक सञ्जाल पेजमा थप अपडेटका लागि अवश्य जानु होला । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको