Like us!
Follow us!
Connect us!
Watch us!

यी १५ कारणले सर्वाेत्तम सिमेन्टको आईपीओको मूल्य ७५० उचित !

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, ०० : ०० मा प्रकाशित

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ बिधिबाट सर्वसाधारण सेयर (आईपीओ)  जारी गर्ने तयारी कम्पनीले गरेको छ । कम्पनीले जारी गर्ने आईपीओको मूल्य प्रतिकित्ता ७५० रुपैयाँ भनिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निश्कासनको लागि प्रक्रिया थालिसकेको छ । 

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको आइपिओ जारी हुँदै आएकोमा सर्वोत्तम सिमेन्टले आईपीओ प्रतिकित्ता ७५० रुपैयाँ तोकेपछि लगानीकर्ताहरुले आईपीओ मूल्य बढी भयो भन्दै आवाज उठाउँदै आएका छन् ।

कम्पनीको अनुसार संस्थागत लगानीकर्ताहरुका लागि ७५० रुपैयाँ मूल्य तोकिएको छ भने सर्वसाधारण लगानीकर्ताहरुले भने संस्थागत लगानीकर्ताहरुलाई पर्ने मूल्य भन्दा १० प्रतिशत कम अर्थात ६७५ रुपैयाँ पर्ने छ । 

आईपीओको प्रतिकित्ता मूल्य ७५० किन ?  भन्ने सन्दर्भमा विभिन्न तथ्यहरु अघि सारेको छ । 

आईपीआको मूल्य किन ७५० ?

१) कम्पनिको दैनिक  क्लिकंर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता र कम चुक्ता पूँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने ।

२) कंम्पनीले आफ्नो व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउदै आएको र  विगत ३ वर्षको औषत मुनाफा (कर पछिको) वार्षिक रु. १०४ करोड भन्दा वढी भएको ।

३) विगत तीन वर्षको औषत EPS रु. ५२ रहेको र आगामी तीन वर्षको औषत EPS रु. ४५ भन्दा वढी प्रक्षेपित गरिएकाले ।

४) कम्पनीको Reserve २०७७ माघ मसान्त सम्म रु. २३१ करोड भन्दा वढी रहेको ।

५) हाल  कम्पनीको  सम्पति  (Fair Market Value Or Replacement Value)  रु. २००० करोड रहेको ।

६) आगामी ३ वर्षसम्म आयकरमा ५०% छुट पाउने भएकाले वढी प्रतिफल दिनसक्ने ।

७) IPO  बाट  प्राप्त  रकममध्ये  ४०%  ले  ऋण भूक्तानी गरी  शत प्रतिशत ऋण मुक्त हुने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर हुने भएकाले, यसबाट ४ बर्षपछि बार्षिक प्रतिफल ७५% भन्दा बढि हुन जाने प्रक्षेपण गरिएकाले ।

८) IPO जारी पश्चात पहिलो ३ महिना भित्रै १०% वोनस सेयर र २५% नगद लाभांश दिने निश्चित भएकोले सो वापत झण्डै रु १०० प्रति सेयरको आम्दानी तत्कालै हुने ।

९) सेयर धनिले तिरेको रु ६५० प्रिमियमको १५% ले हुन आउने प्रतिसेयर रु ९७.५० कम्पनिको रिजर्भमा रहने भएकोले सो वापत थप वोनस सेयर जारी हुने संभावना रहेको ।

१०) ICRA बाट IPO रेटिङ्ग BBB+ पाएकोले कम्पनि लगानी कर्ताको लागि औषतभन्दा बढी राम्रो रहेको । साथै ICRA रेटिङ्ग अनुसार कम्पनिको चुनढुंगा तथा ढुवानीको लागत अन्य सिमेन्ट उद्यँेग भन्दा कम रहेकोले कम्पनिले बढी प्रतिफल दिन सक्ने ।

११) संस्थागत लगानीकर्तालाई रु ७५० मुल्य तोकिएकोमा सर्वसाधारणले ७५० मा  १०% घटाई अर्थात ७५०–७५ रु ६७५ मा सेयर पाउने भएकोले सर्वसाधारण लगानीकर्तालाई सहुलियत भएको ।

१२) कम्पनिले आफ्नो हाल सम्मको रिजर्भबाट १०% वोनस सेयर र २५% नगदा लाभांश दिने भएकोले, सेयर खरिदको तीन महिना भित्रै लगभग रु १०० बराबरको प्रतिफल प्राप्त हुने । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मुल्य ६७५–१०० बराबर ५७५ मात्र पर्न जाने ।

१३) २५ बर्ष भन्दा बढी सिमेन्ट उद्योग सञ्चालन गरेका अनुभवी सञ्चालकहरुबाट सञ्चालित उद्योग भएकाले, संचालन लगात न्यून रहेकाले

१४) डेनमार्कवाट आयातित अत्याधुनिक VRM प्रविधिवाट सिमेन्ट उत्पादन गर्दा विद्युतमा ३०% वचत हुने तथा कोइला खपतमा २०% सम्म वचत हुने भएकाले लागत कम भई बढी प्रतिफल दिने 

१५) कम्पनीसँग ९० वर्ष पुग्ने चुनढुङा खानी रहेकोले उत्पादन क्षमता वढाउदै लैजान सजिलो रहेको ।

अब 100 रुपैयाँमा IPO किन्ने दिन गए | बुक बिल्डिङ्ग भनेको के हो ? सम्पूर्ण जानकारी | Lilanath Ghimire

अहिलेको बजार Technical Bull, अबको बजार के दिगो होला? Share Analyst Dr. Keshav Shrestha

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको