Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घट्दा सपोर्ट माइक्रोफाइनान्ससहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, १५ : २४ मा प्रकाशित

नेप्से परिसूचक घट्दा सपोर्ट माइक्रोफाइनान्ससहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

पछिल्लो केहि दिनयता निरन्तर ओरालो लागिरहेको सेयर सेयर बजारले आज (मंगलबार) पनि ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा पुगेको छ । नेप्से ०.९३ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ मा पुगेको छ ।

घटेको बजामा आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यसैगरी, मिथिला लघुवित्त बित्तीय संस्था लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरोमाइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड, युनाईटेड इदी-मर्दी (आरबी) हाइड्रोेपावर लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 

6047432827683.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको