Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषद्वारा निः सहाय सेवा सदनलाई आर्थिक सहयोग

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १८ : ०१ मा प्रकाशित

नागरिक लगानी कोषद्वारा निः सहाय सेवा सदनलाई आर्थिक सहयोग

नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निः सहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृहलाई २ लाख ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । 

सो सहयोग रकमको चेक कोषका निमित्त कार्र्यकारी निर्देशक डा. ईन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । सो अवसरमा नि. कार्यकारी निर्देशक डा. कट्टेलले कोषले प्रदान गरेको रकमले वद्ध–बृद्धाहरुलाई बुढेशकालमा आफुलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए ।

यो भन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत सामाजिक कार्यमा सहयोग पुर्याउदै आएको थियो । कार्यक्रममा कोषका तर्फबाट का.मु निर्देशकद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृत बहादुर अधिकारी लगायतका पदाधिकारी सहभागी थिए ।  

कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । कोषकोे ३१ औ वार्षिकोत्सव आगमी ४ चैतमा रहेको छ । आवाश गृहमा आश्रित बृद्ध–बृद्धाहरुको आर्थिक जीवन यापनमा केही सहयोग पु¥याउने उद्देश्यले खाद्यान्न, लत्ता कपडा लगायतका दैनिक आवश्यक पर्ने सामान खरीदको लागि सो रकम प्रदान गरिएको हो । सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको