Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थसंसार

शुक्रबार, २८ फागुन २०७७, ०७ : ०५ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे ।

१. स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे १९ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६ सय ६५ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ८२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

604abf7da4e60.jpg

२. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे १०.५० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय २९ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ३ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

604abf759fe29.jpg

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडकाे चौथों वार्षिक साधारण सभा चैत्र १४ गते, शनिबार बन्दीपुरस्थित मस्र्याङ्दी रिभल भ्यु रिसोर्टमा बिहान ११ बजे सुरु हुनेछ । सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षका लागि १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे फागुन १७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे उन्नाइसाैँ वार्षिक साधारण सभा .चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको