Like us!
Follow us!
Connect us!
Watch us!

सबैको लघुवित्तको साधारण सभा सम्पन्न, ३२.६८ प्रतिशत लाभांश पारित

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, ११ : २३ मा प्रकाशित

सबैको लघुवित्तको साधारण सभा सम्पन्न, ३२.६८ प्रतिशत लाभांश पारित

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको पाचाैँ वार्षिक साधारण सभा पौष ३ गते शनिबार तनहुँ जिल्ला बन्दीपुर गाउँपालिकास्थित बन्दिपुर माउण्टेन रिसोर्टमा सम्पन्न भएकाे छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष सृजना जोशीको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा अध्यक्ष जोशीले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

 सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७।७८ को  वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

यसैगरी लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम श्री श्रेष्ठ एण्ड न्यौपाने एसोसियट, चार्टर्ड एकाउण्टेण्टसलाई आर्थिक वर्ष २०७८।७९ को लागि लेखापरीक्षक नियुक्त गरिएको छ ।

त्यसैगरी सभाले विशेष प्रस्ताव तर्फ संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (ख) र (ग) संशोधन गर्ने, संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य घ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने वा शाखा गरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याकंन प्रतिवेदन तयार गर्न परामर्शदाता, मूल्याकंनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रचलित कानून तथा निर्देशनहरु अनुरुप गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृति लिई कार्यान्वयन गर्ने तथा सो सम्बन्धमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानूनको अधिनमा रही सो अनुरुप यस वित्तीय संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन/परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रयोजन गर्ने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ । 

सभाबाट संस्थापक शेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट सञ्चालकमा सृजना जोशी, नारायण प्रसाद जोशी, जीवमूर्ति पन्त र प्रदीप सिग्देल शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको