Like us!
Follow us!
Connect us!
Watch us!

३२.६८ प्रतिशत लाभांश वितरण गर्न सबैकाे लघुवित्तले ताेक्याे बुकक्लाेज मिति, सभा कहिले ?

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, ११ : ४८ मा प्रकाशित

३२.६८ प्रतिशत लाभांश वितरण गर्न सबैकाे लघुवित्तले ताेक्याे बुकक्लाेज मिति, सभा कहिले ?

सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुकक्लाेज मिति ताेकेकाे छ । 

संस्थाकाे आज (मंसिर ७ गते, मंगलबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १७ गतेदेखि पाैष २ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, मंसिर १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे पाँचाै वार्षिक साधारण सभा पाैष ३ गते, शनिबार हुँदैछ । सभामा संस्थाकाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

619c853256123.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको