Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक लाख ९५ हजार कित्ता बोनस सूचिकृत

नेप्से

आइतबार, २४ साउन २०७८, ११ : ०४ मा प्रकाशित

नेप्सेमा एक लाख ९५ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १०.५ प्रतिशत बाेनस बापतकाे एक लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे । 

संस्थाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

उक्त लाभांश चैत्र १४ गते, शनिबार मर्स्याङ्दी रिभर भ्यु रिसोर्ट, बन्दिपुर, तनहुँमा सम्पन्न भएकाे चौथो वार्षिक साधारण सभाले पारित गरिसकेकाे थियाे ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २८ गतेदेखि चैत १४ गतेसम्म बुकक्लोज गरेकाे थियाे । त्यसैले, फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

610f6cf053641.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको