Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड लघुवित्तको लाभांश हितग्राही खातामा पठाउँदै, तपाईको आएन ? नत्र यसो गर्नुस्

अर्थसंसार

सोमबार, ०२ चैत्र २०७७, १० : ३९ मा प्रकाशित

फरवार्ड लघुवित्तको लाभांश हितग्राही खातामा पठाउँदै, तपाईको आएन ? नत्र यसो गर्नुस्

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था  लिमिटेडले नगद लाभांश आफ्नो सेयरधनीहरुको खातामा जम्मा गर्न थालेको छ । संस्थाले आज चैत २ गते सोमबारबाट उक्त लाभांश सेयरधनीको खातामा जम्मा गर्न थालेको हो । 

संस्थाले फागुन २१ गते सम्पन्न साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट ६.५८ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा जम्मा गरेको हो । 

आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बाँकी रहेका सेयरधनीहरुलाई हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन पनि संस्थाले आग्रह गरेको छ । 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

604ee8ef7fda1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको