सिन्धु विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा राम कुमार गिरी नियुक्त भएका छन् । चैत २ गते बसेको संचालक समितिको बैठकले गिरीलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
उनी संग नेपाल बंगलादेश बैंक, सनराईज बैंक लगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी कुल बैंकिङ्ग क्षेत्रमा २१ बर्ष भन्दा बढी कार्य गरेको अनुभव छ । आगामी दिनमा वहाँको योग्यता तथा कार्य अनुभवले यस बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउन सक्ने अपेक्षा लिएको छ ।
यस बैंकमा कर्मचारी संचय कोष लगायत यसै बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र ब्यावसायिक ब्यक्तित्वहरुको संचालक समिति रहेको छ । बैंकले न्युनतम ब्याजदरमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै निशुल्क ABBS, C-ASBA, IPS, ECC, Mobile Banking, Merchant payment Facility (QR code) लगायत सम्पुर्ण सघन बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंकले प्रधान कार्यालय, बाह्रविसे तथा बनेपा स्थित कर्पोरेट तथा शाखा कार्यालयहरु मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा र ठोकर्पा गरी कुल २३ शाखा तथा सुकेटे र सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित कूल २५ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस