Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकले ९ दिनमै परिवर्तन गर्यो अध्यक्ष,दामोदर सुवेदी चयन

अर्थ संसार

सोमबार, २४ असार २०८१, १३ : २७ मा प्रकाशित

सिन्धु विकास बैंकले ९ दिनमै परिवर्तन गर्यो अध्यक्ष,दामोदर सुवेदी चयन

सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी चयन भएका छन् । कम्पनीको गत असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले यसअघि सञ्चालक समिति सदस्य रहेका सुवेदीलाई  अध्यक्षमा चयन गरेको हो ।

गत असार १३ गते सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भएकी थिइन । बैंक सञ्चालक समितिको असार १३ गते बसेको ४३२औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

राजेन्द्र कुमार श्रेष्ठ बैंकको अध्यक्ष तथा संचालक पदमा वहाल नरहेपछि निभा डंगोल श्रेष्ठलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसअघि बैंकको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ थिए ।

तर, ९ दिनमै सञ्चालक समितिले निभा डंगोल श्रेष्ठलाई हटाएर अर्को व्यक्तिलाई अध्यक्ष बनाएको छ । बैंकको असार २२ गते बसेको ४३३औँ बैकठले दामोदर प्रसाद सुवेदीलाई बैंकको अध्यक्ष बनाउने निर्णय गरेको छ । सुवेदी कर्मचारी संचय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको