Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु बिकास बैंकको साधारणसभा स्थगित, कारण के ?

अर्थ संसार

बुधबार, २८ फागुन २०८१, १३ : १८ मा प्रकाशित

सिन्धु बिकास बैंकको साधारणसभा स्थगित, कारण के ?

आज फागुन २८ गते आयोजना गर्ने भएको सिन्धु विकास बैंकको १४औं र १५औं वार्षिक साधारण सभा स्थगित भएको छ । गणपुरक संख्या नपुग भएपछी साधारण सभा स्थगित भएको बैंकले जनाएको छ । 

सभामा हाल कायम चुक्ता पूँजीको २ः१ (५० प्रतिशत) को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमालीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्ने तयारी थियो।  

त्यसैगरी गत दुई आवको वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारश्रमिक अनुमोदन गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियु्िक्त अनुमोदन गर्ने प्रस्ताव पनि पेश गर्ने तयारी थियो।  

यसअघि, बैंकले सभाका लागि फागुन १५ गते बुक क्लोज गरिसकेको थियो। बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई सभामा भाग लिन दिने निर्णय गरिएको भए पनि आवश्यक संख्यामा सेयरधनी उपस्थित नभएका कारण बैंकले सभा स्थगित गर्नुपरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको