Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, १३ : ०० मा प्रकाशित

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन् । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आफुले खरिद गर्न कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

बैंकले तोकिएको  समयभित्र संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले यसै सूचना मार्फत जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको