Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ग्रिनलाइफको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, ११ : २३ मा प्रकाशित

नेप्सेमा ग्रिनलाइफको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओको आज मंगलबार बाट दोस्रो बजार कारोबार प्रारम्भ भएको छ । 

कम्पनीको आईपिओलाई नेप्सेले ९९.६७ रुपैयाँदेखि २९९.०१ रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरिएको थियो । आजको कारोबारमा कम्पनीको पहिलो कारोबार २९९ रुपैयाँमा भएको नेप्सेले जनाएको छ ।अहिले यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य २९ रुपैयाँले बढेर ३२८ रुपैयाँ पुगेको छ ।  

अहिलेसम्म नेप्सेको अनलाइन कारोबार प्रणाली टिएमएसमा कम्पनीको सेयरको माग उच्च देखिएको छ । कम्पनीको करिब ३ लाख कित्ता सेयरको माग हुदाँ बिक्रेताको संख्या भने सून्य देखिएको छ ।   

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। 

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।
 

60504586be40c.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको