Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्टको खुद सम्पत्ति मूल्य बढ्यो, सेयरमा लगानी कति ?

अर्थ संसार

बुधबार, ०४ चैत्र २०७७, ११ : २२ मा प्रकाशित

सनराइज फर्स्टको खुद सम्पत्ति मूल्य बढ्यो, सेयरमा लगानी कति ?

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले २०७७ साल फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

फागुन मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ५ पैसा पुर्याएकाे छ । उक्त मूल्य माघ मसान्तकाे तुलनामा २ रुपैयाँले धेरै हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ५ पैसा रहेकाे थियो ।

त्यसैगरी, फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ७५ करोड २ लाख १४ हजार रुपैयाँ पुगेकाे छ । उक्त लगानी माघ मसान्तकाे तुलनामा एक करोड ७१ लाख ४८ हजार रुपैयाँले धेरै हाे । माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७३ करोड ३० लाख ६६ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।  

त्यस्तै,  सनराइज फर्स्ट म्युचुअल फण्डले विभिन्न प्रकारका ४९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60519862909ba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको