Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन ट्रेडिङ सिस्टममा समस्या आए के गर्ने ?

अर्थ संसार

बुधबार, ०४ चैत्र २०७७, १२ : २९ मा प्रकाशित

अनलाइन ट्रेडिङ सिस्टममा समस्या आए के गर्ने ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलाइन ट्रेडिङ सिस्टम सम्बन्धी सरोकारवालाहरुले राखेका विभिन्न जिज्ञासालाई मेटाउँदै एउटा सामाग्री तयार पारेकाे छ ।

उक्त सामाग्री यस प्रकारकाे छ :

१) TMS मा Registration प्रक्रिया पुरा भईसकेपछि Email प्राप्त भएन भने के गर्ने ?

- यदि ब्रोकरले तपाइको खाता खोलेको हो भने, TMS मा तपाईको सही Email प्रविष्टि भएको छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस् ।

- यदि तपाई आफैले Online Registration मार्फत खाता खोल्नु भएको अवस्थामा पनि Email नआएमा ब्रोकरसँग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस् । [ नोट : सिस्टमले reply गरेको Email कहिलेकहीं Spam मा बस्ने गरेको हुँदा Email को Spam Section मा पनि चेक गर्नुहोस् ]

२) TMS मा Registration गर्दा "Duplicate BOID" error आएमा के गर्ने ?

आफुले खाता खोल्न चाहेको ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

- BOID / Demat Number

- Client Code

३) TMS मा Citizenship No, Citizenship Issue Date वा Citizenship Issue Place नमिलेमा वा "Duplicate Citizenship" error आएमा के गर्ने ?

आफ्नो ब्रोकरलाई तल दिईएका विवरण राखी email गर्नुहोस् ।

- BOID / Demat Number

- Client Code

- Correct Citizenship No

- Correct Citizenship Issue Place

- Correct Citizenship Issue Date (in AD)

४) Support मा सम्पर्क गर्दा के के विवरण चाहिन्छ ?

- BOID / Demat Number

- Client Code

- Broker Name / Broker Number

नेप्सेले विभिन्न शाखाहरु मार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ । निम्न विषयका लागि निम्न Extension Number र Email ID मार्फत सम्पर्क गर्न सक्नुहुन्छ । Telephone Numbers (+977)-1-4250755,4250756,4250757,4250758,4250596 Ext:- 0 E-Mail Address: [email protected]

 क्र.स. 

  सम्बन्धीत   विषयहरु

 शाखा

 एक्सटेनसन न.

 इमेल ठेगाना

 1

 टिएमएस   सपोर्ट(TMS Support)

 

 118, 145

 

 2

 हेल्प डेस्क

 

 0

 

 3

 ब्रोकरसँग  सम्बन्धीत  विषयहरु

 सुपरिवेक्षण शाखा

 108,142

 [email protected]

 4

 संस्थापक   शेयर तथा   ओटीसी  बजार  सम्बन्धी  कारोबार

 कारोबार   शाखा

 107

 

 5

 सूचीकृत कम्पनीको लग-इन तथा सूचना अपलोड गर्ने सम्बन्धी विषयहरु

 सूचिकरण  शाखा

 136,137

 [email protected]

 6

 अन्य सूचना, तथ्यांक तथा जानकारीमूलक सामग्रीका लागि

 अनुसन्धान शाखा

 123

 [email protected]

 7

 वेवसाइट, मोबाइल एप सम्बन्धी विषयहरु

 आई.टि शाखा

 144,120,126,134,135

 [email protected]

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको