Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डूमा १५ प्रतिशत छुट, ३ सयसम्म ‘क्यासब्याक’

अर्थसंसार

बुधबार, ०४ चैत्र २०७७, १५ : १० मा प्रकाशित

मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डूमा १५ प्रतिशत छुट, ३ सयसम्म ‘क्यासब्याक’

मेगा बैंकका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् । 

फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो । यस अभियान अन्तरगत मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ । 

डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डूसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताउनुभयो ।  

फूडमाण्डूसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट खानाका परिकार खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले विशेषगरि लकडाउनको समयदेखि नगदविहीन कारोबारलाई प्रबर्धन गर्दै यस्ता अफरहरु ल्याउँदै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको