Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ३५ बर्ष अनुभव हासिल गरेका लगानीकर्ता भन्छन्, कमाउन धैर्यता चाहिन्छ !

लगानीकर्ताको आवाज

विहीबार, ०५ चैत्र २०७७, १० : १३ मा प्रकाशित

नेपालमा सेयर कारोबार सुरू नहुँदै गुणराज भट्ट सेयर बजारमा प्रवेश गरेका हुन् । अहिले उनी ७४ बर्षका भए । यो पनि उनी सेयर बजारको दैनिक अपडेट लिन्छ्न् । बजारमा नयाँ आएका प्राथमिक सेयरमा अनलाईनबाटै आवेदन गर्छन् । कुनै कम्पनीको साधारणसभामा सकेसम्म भौतिकरुपमै उपस्थित हुने उनि अहिले कोभिडका कारण अनलाईनबाटै सहभागिता जनाइरहेको बताउछन् ।

पहिलेको तुलनामो नेपालको सेयर बजारमा अहिले अनुशासनहिनता बढेको उनको ठहर छ । अहिले बजारमा प्रबेश गरेका नयाँ नयाँ लगानीकर्ताहरुको अल्पज्ञानका कारण अहिले कतिपय राम्रो बित्तिय अवस्था भएका कम्पनीको सेयर मूल्य पनि कम रहेको तथा कतिपय खराब बित्तिय अवस्था भएका कम्पनीहरुको सेयर मूल्य पनि उच्च रहेको उनको बुझाँइ छ ।  

आफ्नो सेयर बजारको ३५ बर्ष भन्दा लामो अनुभवमा एकदमै कम मात्रामा सेयर बेचेको उनको अनुभव छ । राम्रो कम्पनीको छनौट गरेर लगानी गर्न सकेमा बजारको हल्ला र बजारको उतार चढावले कुनै पनि फरक नपर्ने उनको अनुभव छ । 

भट्टका अनुसार अहिले सेयर बजारमा चलखेल गर्नेहरुले नाफा बुक गरेर आफुसंग भएको सेयर बेचिसकेका कारण बजार घटाएर फेरी सेयर किन्नका बजार घटाउन लागिरहेको छन् तर बजार भर्खरै बुलिस् ट्रेन्डमा प्रबेश गरेकाले अहिले नै बजार धेरै घट्ने अवस्थामा नरहेको उनको भनाई छ ।
सेयरबजारमा नयाँ लगानीकर्ताहरुले ऋण नै लिएर लगानी गर्नु त्यती उचित नरहेको उनको तर्क छ ।  बजारका बारेमा राम्रो ज्ञान र अनुभव हाँसिल गरेपछी भने ऋण नै गरेर लगानी गर्दा पनि मुनाफा हासिल गर्न सकिने बताउछन्  उनि ।    

बजारमा सेयर किन्न चाहनेहरूलाई उनका केही टिप्स छन् । उनी कम्पनीका संचालकका बारेमा र कम्पनीको बित्तिय अवस्थाका बारेमा राम्रो अध्ययन गरेर मात्र लगानी गर्नु पर्ने बताउँछन् । उनै भट्टसँग अर्थसंसारकर्मि कृष्ण भट्टराईले गरेको भिडियो कुराकानीः
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको