Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमै पहिलो पटक १० हजार लिटरको एस.एस. ट्याङ्की

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०७७, १२ : ०० मा प्रकाशित

नेपालमै पहिलो पटक १० हजार लिटरको एस.एस. ट्याङ्की

पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा अवस्थित स्टेनलेस स्टिल ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको छ । 

आज एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले उद्योगको उद्घाटन गरे । उद्योगले आजबाट नै आफ्नो उत्पादन कार्य नियमित रुपमा सुरु गर्नेछ । भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एस. एस. ट्याङ्कीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको छ । 

नेपालमै पहिलो पटक १० हजार लिटरको एस. एस. ट्याङ्की यस उद्योगबाट उत्पादन हुनेछ र यस उद्योगले २५० देखि १० हजार लिटरसम्मको भर्टिकल तथा होरिजन्टल एस. एस. ट्याङ्की उत्पादन गर्नेछ । उद्योगले वार्षिक ८० हजार वटा ३०४ तथा ३१६ ग्रेडका एस. एस. ट्याङ्की उत्पादन गर्नेछ । हाल काठमाडौंस्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्रि गर्ने उद्देश्य राखेको जानकारी समूहका उप–महाप्रबन्धक देवेन्द्र साहुले गराए ।

आजको कार्यक्रममा रुपन्देही क्षेत्रका उद्योगी व्यवसायी, भैरहवा विशेष आर्थिक क्षेत्रका प्रमुख, पञ्चकन्या समूहका कर्मचारी तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पञ्चकन्या समूहले नेपालमा पहिलो पटक २०६९ सालदेखि एस. एस. ट्याङ्की उद्योग सञ्चालनमा ल्याएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको