नेपाली बजारमा एउटा पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो र भरपर्दो व्यवसायिक समुहको रुपमा स्थापित भएको एक अब्बल व्यापारिक कम्पनी हो । यस कम्पनीले आफुले वितरण गरिने सेवा तथा वस्तुहरुमा नविनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी ग्राहकहरुलाई सेवा गर्दै आएकोमा यस ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्ली को परिसरमा आयोजित एक कार्यक्रमबीच यस ग्रुप कै सन्चालकको लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.ले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखी बिक्री वितरण गदै आईरहेकोमा हालसालै SDLG L936HEV मोडल अन्तर्गतको नयाँ मेसिन सार्वजनिक गरेको छ।
यस मेसिनले वातावरणमा न्यूून हानी पुर्याई नेपाल सरकारले विधुतीय सवारीसाधनको प्रयोगलाई गरेको प्राथमीकता लाई बल पुग्ने कम्पनीले विश्वास लिएको छ । नेपालमा पहिलो पटक सार्वजनिक गरिएको यो इलेक्ट्रिक ह्वील लोडर वातावरणमैत्री, कम ऊर्जा खपत गर्ने प्रविधिको उत्कृष्ट उदाहरण हो ।
अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रणाली सहितको SDLG L936HEV ले वातावरणमा न्युन हानी पर्याई नेपाल सरकारले विधुतीय सवारी साधनको प।योग मार्फत हरित ऊर्जा प।बधन गर्ने र दिगो विकास को लक्ष्य प्रति गर्ने प्रतिबद्धतालाई सघाउने विश्वास कम्पनीले लिएको छ ।
यसमा प्रयोग गरिएको आधुनिक ब्याट्री प्रविधि र स्मार्ट ऊर्जा व्यवस्थापन प्रणालीको कारण लोडरले लामो समयमा न्यून मर्मत लागत र न्यून आवाजमा काम गर्ने बताइएको छ । यो सहरभित्रका निर्माण कार्यहरू, औद्योगिक स्थलहरू र पर्यावरणीय संवेदनशील क्षेत्रमा प्रयोगका लागि उपयुक्त यो लोडर अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रविधि सहित, वातावरणमैत्री रहेको छ भने मेसिनहरूको परिचित नामको रुपमा नेपाली बजारमा लन्च गरिएको छ ।
नयाँ इभी लोडरको विशेषताहरूः
– शून्य उत्सर्जन – सफा हावा र कम कार्बन फुटप्रिन्टमा योगदान ।
– उत्कृष्ट ऊर्जा दक्षता – अत्याधुनिक ब्याट्री प्रविधिले एक पटकको चार्जमा लामो समय सञ्चालन गर्न मद्दत गर्छ ।
– मजबूत प्रदर्शन – परम्परागत डिजेल लोडरको भन्दा शक्तीसाली र विश्वसनीयता कायम गर्दछ ।
– कम मर्मत खर्च – साधारण इलेक्ट्रिक ड्राइभ प्रणालीले नियमित मर्मत तथा सञ्चालन खर्च घटाउँछ
मुख्य विशेषताहरू :
ब्याट्री शक्तिः १८०.५ kWh (५२१ V) CATL लिथियम आयरन फस्फेट (LiFePO₄) ब्याट्री
मोटर शक्तिः ६० kW नियमित र ९० kW अधिकतम
बकेट क्षमताः १.५ – ३.० m³ (स्ट्यान्डर्ड २.१ m³ GP बकेट)
यो लोडर अहिले एक्सप्लोर अर्थ मुभर्स प्रा.लि. बाल्खु, काठमाडौंमा प्रदर्शनको लागि उपलब्ध छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस