Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिकोत्सवकाे अवसरमा पञ्चकन्या ग्रुपद्वारा रक्तदान

अर्थ संसार

मंगलबार, १२ भदौ २०८०, ११ : १२ मा प्रकाशित

वार्षिकोत्सवकाे अवसरमा पञ्चकन्या ग्रुपद्वारा रक्तदान

विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सोमबार केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रम गरिएको ग्रुपले जनाएको छ ।

उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुप, शुभचिन्तकहरु गरी सहभागीमध्ये जम्मा ३३ जनाले रक्तदान गरेका थिए ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको