Like us!
Follow us!
Connect us!
Watch us!

सिकाई उपलब्धि बृद्धिको लागि शैक्षिक सुधार अभियान गर्दै गजुरी गाउँपालिका

अर्थ संसार

शनिबार, ०७ चैत्र २०७७, ११ : ४५ मा प्रकाशित

सिकाई उपलब्धि बृद्धिको लागि शैक्षिक सुधार अभियान गर्दै गजुरी गाउँपालिका

बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताएका छन् । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेकाे बताउँदै बस्नेतले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्र्दित भएर कार्य गर्ने बेला आएको बताएका छन् ।

अध्यक्ष बस्नेतले गजरी गाउँपालिका बालमैत्री स्थानीय शासनको ३९ वटा सुचकहरु पुरा गर्दै गजुरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताएका छन् । गाउँपालिका अध्यक्ष बस्नेतले उक्त कुरा सरस्वती आधारभुत बिद्यालयले गजुरी ५ कर्कलेले बिद्यालय विकासमा सरोकारवालाको भुमिका बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम समापनको अवसरमा बताउनु भएको हो ।

गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा,प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गर्ने क्रममा विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ लगायत सर‍कारवालाहरुको शैक्षिक ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालको सहजिकरणमा २ दिने कार्यशाला गरिएको हो ।

गजुरी गाउँपालिका भित्रका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ ,प्रधानाध्यापक ,शिक्षक र बिद्यार्थी लगायत सर‍कारवालाहरुको काम ,कर्तव्य र भुमिका र उत्तरदायित्व, कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाहरुको शैक्षिक सवालहरु,आचार  संहिता ,बिद्यालय आर्थिक पारदर्शिता,बाल अधिकार ,बालबालिका र अभिभावकहरु बिचको सम्बन्ध मजभुत बनाउने तौरतरिका लगायतका बिषयबस्तुमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल सहजिकरण गर्नु भएको थियो ।

बालबालिकाहरुको मस्तिष्कको ९० प्रतिशत विकास यहि बाल विकासको उमेर ५ बर्ष हुने भएकोले बाल विकास तथा बिशेश गरि कक्षा ३ सम्मका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालामा सहयोग गरिएको कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।

सरस्वती अाधारभुत बिद्यालयको अायोजनामा भएको कार्यशालामा बिद्यालयमा किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , सिकाईमा बाल मनोभावना अनुसार सहजिकरण गर्ने तरिका , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध ,परिवारले बालबालिकालाई गर्नु पर्ने स्याहार तथा हेरचाह , अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका सहजिकरण गरिएको थियो । कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्य योजना र बिद्यालयका सबै सरोकारवालाहरुको लागि आचार  संहिता तयार गरि लागु गर्ने प्रतिबद्धता गरिएको बिद्यालय प्रधानाध्यापक शिव प्रसाद न्यौपानेले बताउनु भयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त डुवाडीको अध्यक्षतामा चैत्र ५ देखि शुरु भएको कार्यशालामा समापन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरे ,शिक्षा अधिकृत भिमसेन बिष्ट ,गजुरी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामचन्द्र मिजार ,महिला बालबालिका अधिकृत सरस्वती सिलवाल,प्रयास नेपाल धादिङका अध्यक्ष कार्यक्रम संयोजक सहदेव पण्डित लगायतको उपस्थिति रहेको रेनुका रुपाखेतिले जानकारी दिनु भयो

60560fd7b2b27.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको