Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

सोमबार, ०९ चैत्र २०७७, १० : ४१ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्ने भएकाे छ ।

संस्थाले एक लाख ८ हजार ५ सय ४२ कित्ता संस्थापक सेयरहरू चैत्र १८ गते, बुधबारदेखि लिलाम बढाबढ गरि बिक्री गर्न लागेकाे हाे ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले वैशाख २१ गतेभित्र न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

त्यस्तै, उक्त सेयरकाे न्यूनतम मूल्य ५ सय ५० रूपैयाँ ताेकिएकाे छ । आवेदकले साे वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

605825808f59b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको