Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, ०८ : ०० मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, समायोजन पछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायोजन गरिएकाे हाे ।

१. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

बैंककाे ५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता २०२ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य २१२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

605950ccaf3b0.jpg

२. डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे १५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ७ सय २० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ७८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

605950d22049c.jpg

३. महुली लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे २० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार एक सय ८८ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

605950d7ca1a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको